← समाचारमा फर्कनुस्
आर्मीको लगातार दोस्रो हार

काठमाडौं । नेपाल विभागीय त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्ड कप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि पराजय व्यहोरेको छ।
समूह एफमा रहेको आर्मी बिहीबार सम्पन्न खेलमा एफसी गोवासँग २-१ गोलले पराजित भएको हो। आर्मीले यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली शिलोङ लाजोङसँग १-० को हार बेहोरेको थियो ।
आर्मीले खेलको पहिलो मिनेटमै गोल ब्यहोरेको थियो।
५०औं मिनेटमा आर्मी २-० ले पछि पर्यो। तर, खेलको ६६औं मिनेटमा आर्मीका लागि बसन्तले गोल गरेपछि आर्मीले खेलमा फर्कने संकेत गरेको थियो।
लगातार दोस्रो पराजय हारसँगै आर्मीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि समाप्त भएको छ। आर्मीले समूह चरणको अन्तिम खेलमा १३ अगस्टमा घरेलु टोली रङ्दाजिद युनाइटेड एफसीसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |