← समाचारमा फर्कनुस्
आर्मीविरुद्ध मच्छिन्द्रको जित

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मछिच्न्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा कबिर तामाङले निर्णयक गोल गरे। उनले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा मच्छिन्द्र विजयी भयो।
जित सँगै मच्छिन्द्रले पहिलो खेलमा जित हासिल गर्दै तीन अंक जोडेर सुखद सुरुआत गरेको छ भने आर्मीले पराजयबाट लिगमा सुरुआत गरेको छ।
यस्तै, मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा मनाङले संकटालाई १–० गोलले पराजित गरेको थियो। जारी लिगमा मंगलबार दुई खेल सम्पन्न भएसँगै पहिलो चरणको खेल सकिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |