← समाचारमा फर्कनुस्
Cricket Nov 30, 2023 · Nepalsports

आर्मी केपी ओली कपको फाइनलमा

आर्मी केपी ओली कपको फाइनलमा

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। 

बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। उनले ३५ बलमा ५ चौका प्रहार गरे।

कुशल मल्लले ८ बलमा ४ छक्कासहित २७ रन प्रहार गरे। ओपनर तथा कप्तान विनोद भण्डारीले २५ रन बनाउँदा सोमपाल कामी १५ रनमा अविजित रहे। 

ओपनर सन्तोष कार्की ७, बसिर अहमद ५ रनमा आउट हुँदा राजेश पुलामी १ रनमा अविजित रहे। रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन्।

बागमतीका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। प्रतिश जिसी, ईशान पाण्डे, सोनु देवकोटा र रित गौतमले १/१ विकेट लिए।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो। 

बागमतीका प्रतीक श्रेष्ठले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यता, कप्तान सन्दीप लामिछानेले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए। ओपनर रित गौतम १४, ईशान पाण्डे १२, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा सोनु देवकोटा ९ रनमा अविजित रहे।

प्रतिश जिसीले भने खाता खोल्न सकेनन्। आर्मीका शहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →