← समाचारमा फर्कनुस्
Football Sep 10, 2024 · Swadesh

आर्मीले सुदूरलाई १४–१ गोल अन्तरले हरायो

आर्मीले सुदूरलाई १४–१ गोल अन्तरले हरायो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सानदार जित हासिल गरेको छ।

सातदोबाटेस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी सुदूरपश्चिम प्रदेश महिला फुटबल संघलाई १४–१ गोलले पराजित गरेको हो।

आर्मीको जितमा दीपा शाहिले ह्याट्रिकसहित पाँच गोल गरिन्। यस्तै अनिता लम्जेल दुई, बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, बिमला बिक, सावित्रादेवी मगरले समान एक एक गोल गरिन् भने आर्मीले अर्को गोल उपहार पाएको थियो। सुदूरकी सान्ति बिकले आत्माघाती गोल गरिन्। यता सुदूरले पनि एक गोल उपहार पाएको थिए। आर्मीकी निलम सिंहले आत्माघाती गोल गरेकी हुन्।

पहिलो हाफमा आठ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो।

जितसँगै जारी सिजन तीन खेलबाट दुई जित एक हार व्यहोरेको आर्मीको ६ अंक पुगेको छ। लगातार तेस्रो खेलमा पराजय व्यहोरेको सुदूर अंकविहिन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →