← समाचारमा फर्कनुस्
आरिफ क्यास्पियन भ्याली कलेजको ब्रान्ड एम्बेसडर

काठमाडौं। क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।
ललितपुरको कुमारीपाटीमा रहेको क्यास्पियनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आरिफलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो।
उनलाई एक बर्षकाे लागि ब्रान्ड एम्बासडर घोषणा गरेको हो। यद्यपी सम्झौताको रकम भने खुल्लाएको छैन। सम्झौता पत्रमा विद्यालयका प्रधानाध्यापक मनीष पण्डित र आरिफ शेखले हस्ताक्षर गरे।
आरिफ शेख नेपाली क्रिकेटमा स्थापित नाम हुन् र उनले आफ्ना उपलब्धिबाट थुप्रै युवा खेलाडीहरूलाई प्रेरणा दिएका छन्। अब उनी क्यास्पियन भ्यालीका विद्यार्थीहरूका लागि मार्गदर्शकको भूमिकामा रहनेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |