← समाचारमा फर्कनुस्
अल्भारेज र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडाविरुद्ध २–० को सहज जित निकालेको हो।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४९औँ मिनेटमा अल्भारेजले र मार्टिनेजले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए।
कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |