← समाचारमा फर्कनुस्
Football Aug 03, 2024 · Swadesh

पेरिस ओलम्पिक : अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरियो

पेरिस ओलम्पिक : अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं । अर्जेन्टिना आयोजक फ्रान्ससँग पराजित हुँदै पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। 

गएराति सम्पन्न खेलमा अर्जेन्टिना फ्रान्ससँग १–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

घरेलु टोली फ्रान्सको जितमा जेअन फिलिप मटेटाले गोल गरे। उनले खेलको पाचौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

खेलको अन्त्यमा दुबै टोलीका खेलाडी र प्रशिक्षक विवादमा उत्रिएका थिए। योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।

यस्तै, स्पेनले र इजिप्ट भिड्ने छन्।

गएरातिकै खेलमा स्पेनले जापनलाई ३–० तथा मोरक्कोले अमेरिकालाई ४–० र इजिप्टले पराग्वेलाई पेनाल्टीसुटआउटमा ५–४ ले पाखा लागएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →