अर्जेन्टिना लगातार दोस्रो पल्ट फाइनलमा

लउटारो मार्टिनेजले दोस्रो हाफको इन्ज्युरी समयमा हेडिङमा गरेको गोलको मदतले अर्जेन्टिना विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले बिहीबार एटलान्टामा भएको खेलमा इंग्ल्यान्डमाथि २–१ को शानदार पुर्नआगमन जित रचेको हो ।
खेल अतिरिक्त समयतर्फ अग्रसर रहेको बेला मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा गोल गरेका हुन् । त्यस अगाडि इन्जो फर्नान्डेजले ८५ औं मिनेटमा अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए । एक गोलले पछाडि रहेको स्थितिमा अर्जेन्टिनाले लगातार दबाब सिर्जना गरेको थियो ।
यसैक्रममा ८५ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । मेसीले निकालेको पासमा इन्जो फर्नान्डेजले पेनाल्टी एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो । एन्थोनी ग्रोडनले ५५ औं मिनेटमा इंग्ल्यान्डका लागि गोलको खाता खोलेका थिए ।
उनले मोर्गन रोजर्सको पासलाई पोस्टको दिशा दिएका हुन् । अब आइतबार हुने फाइनलमा अर्जेन्टिनाले युरोपेली च्याम्पियन स्पेनको सामाना गर्नेछ । इंग्ल्यान्डले भने तेस्रो स्थानका लागि शनिबार हुने खेलमा फ्रान्ससँग भिड्ने छ । अब कोपा अमेरिका विजेता रहेको अर्जेन्टिनासामु विश्वकप उपाधिको रक्षा गर्ने अवसर हुनेछ ।
अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकप जितेको थियो । इंग्ल्यान्डका लागि सन् १९६६ यता पहिलो पटक विश्वकपको फाइनल प्रवेश गर्ने सपना पूरा हुन सकेन् । इंग्ल्यान्डले कुनै ठूलो उपाधि नतिजेको छ दशक भइसकेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |