इक्वेडरलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

काठमाण्डौं । पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपाको सेमिफाइनलमा प्रवेश गरेको छ।
एनआरजी स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा अर्जेन्टिनाले बाजी मार्यो।
अर्जेन्टिनाको लागि कप्तान लियोनल मेस्सीको प्रहार बारमा लागेर बाहिरिएको थियो भने जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले गोल गरे।
इक्वेडरका जोन येबोह र जोर्डी काइसिडोले मात्रै गोल गर्न सके। एन्जल मेना र एलन मिन्डाको प्रहार इमिलियानो मार्टिनेजले रोके।
त्यसअघि खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो। तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन्।
तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |