← समाचारमा फर्कनुस्
चिलीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं ।विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीमाथि सहज जित हासिल गरेको छ।
एन्टोनियो भेस्पुसियो लिबर्टी शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना ३–० ले विजयी भएको हो।
जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। समान खेल खेलेको चिली पाँच अंकसहित नवौं स्थानमा छ।
अर्जेन्टिनाको जितमा म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै अल्भारेजको पासमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।
निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले नै अग्रता दोब्बर बनाए। इन्जुरी समयको पहिलो मिनेटमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको बललाई डिबालाले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |