← समाचारमा फर्कनुस्
Football Jul 10, 2024 · Swadesh

अर्जेन्टिना कोपाको फाइनलमा

अर्जेन्टिना कोपाको फाइनलमा

काठमाडौं । अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा पुगेको छ।

मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा क्यानडामाथि २-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।

खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे।

५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए। जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो। अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →