अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया अर्को चरणमा

विश्वकप २०२६ को समूह जे बाट अर्जेन्टिनासँगै आइतबार अस्ट्रिया र अल्जेरिया अर्को चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हरायो । अस्ट्रिया र अल्जेरियाले भने ३–३ को नाटकीय र सनसनीपूर्ण बराबरी खेले । यो नतिजाले दुवै टिमलाई अर्को चरण पुर्यायो ।
कानसास सिटीमा अस्ट्रियाका लागि मार्को आरनउटोभिचले २८ र मार्सेल सबिट्जरले ५५ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाका तर्फबाट भने ४५ औं मिनेटमा रफिक बेलघाडी र ६० औं मिनेटमा रियाद मेहराजले गोल फर्काए ।
मेहराजले दोस्रो हाफका इन्व्ज्युरी समयमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाए । तर यो अग्रता कायम रहेन् र अस्ट्रियाका लागि सासा कालाडजिचले इन्ज्युरी समयको छैटौं मिनेटमा नाटकिय तेस्रो गोल गरे । अस्ट्रिया चार अंकमा दोस्रो स्थानमा रह्यो । अल्जेरिया भने चार अंकमै तेस्रो रह्यो ।

डलास स्टेडियममा समूहको अर्को खेलमा अर्जेन्टिनाले लगातार तेस्रो जित निकाल्ने क्रममा नौ अंकसहित समूहको शीर्षमा रह्यो । डिफेन्डिङ च्याम्पियन यस अघि नै अर्को चरण पुगिसकेको थियो । जोर्डन भने लगातार तीन हारपछि शून्य अंकमा पुछारमा रह्यो ।
अर्जेन्टिनाले १९ औं मिनेटमा जियोभानी ले सेल्सोले फ्रि किकबाट गरेको गोलमा अग्रता लिएको थियो । लउतारो मार्टिनेजले ३१ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । जोर्डनका तर्फबाट मुसा अल–तामरीले ५५ औं मिनेटमा एक गोल फर्काए ।
खेलको ८० औं मिनेटमा लियोनल मेसीले तेस्रो गोल गरे । उनी सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरे र लिग चरणका सबै तीनै खेलमा गोल गरे । प्रतियोगितामा मेसीको गोल संख्या छ पुगेको छ र उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्षमा छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |