अञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिगमा खेल्ने भएकी छिन्।
ग्रिसको महिला ‘ए’ लिग क्लब निस अट्रोमिटौले २०२४/२५ सिजनको लागि अञ्जिलासँग सम्झौता गरेको छ। सम्झौतासँग सम्बन्धित रकम गोप्य राखिएको छ, तर अञ्जिलाको युरोपियन क्लबमा समावेश हुनु नेपाली फुटबलका लागि ठूलो उपलब्धि हो।
अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिगमा खेल्न पाउँदा निकै खुशी छन्। उनले भनिन्, “पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा म अत्यन्त खुशी छु। यो हरेक खेलाडीको सपना हुन्छ र म दुई वर्षदेखि यस सपना पूरा गर्नको लागि प्रयासरत थिएँ। अहिले त्यो सपना पूरा हुन लागेको छ र म यो अवसरको लागि निकै उत्साहित छु।”
विभागीय टोली एपिएफ क्लबका सदस्य अञ्जिला युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। यसअघि, स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलिसकेकी छन्। सावित्राले इजरायली लिगमा अनुभव लिएकी थिइन् र हाल फ्रेन्च लिगमा आबद्ध छन्।
निस अट्रोमिटौ क्लबले पछिल्लो सिजन २६ खेल खेलेको थियो, जसमा ९ जित, ६ बराबरी, र ११ हारको नतिजासहित नवौं स्थानमा रहेको थियो।
अञ्जिला भारतीय र पाकिस्तानी लिगमा पनि आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन्। उनले भारतको सेथु एफसीमा दुई सिजन र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन खेलिन्, जहाँ दुवै टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरिन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |