← समाचारमा फर्कनुस्
Football Dec 03, 2023 · Nepalsports

अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान

अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान

काठमाडौँ– महिला आई लिग खेल्न नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी भारत प्रस्थान गरेका छन्। 

नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानामगर आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीहरूले सेथु एफसीबाट लिग खेल्ने छन्।

अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्। उनको टोलीले गत सिजन सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। तर, फाइनल प्रवेशका लागि भएको खेलमा सेथु किक स्टार्ससँग पराजित भएको थियो।

गीता पनि दोस्रोपटक सेथुसँग आबद्ध भएकी हुन्। उनी गत संस्करणमा सेथुसँग आबद्ध भएकी थिइन्। तर, खुट्टाको चोटको कारण उनले लिग गुमाइन्। 

गत वर्ष अन्जिलासहित सावित्रा भण्डारी र अनिता बस्नेत, पूर्वकप्तान रेनुका नगरकोटी, रेखा पौडेल र सरु लिम्बुले लिग खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →