अञ्जन नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा

काठमाडौं । फरवार्ड अञ्जन बिस्ट नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
विश्वकप छनोट अन्तर्गतको दशरथ रंगशालामा जारी खेलमा लाओसविरुद्ध गोल गरेसँगै बिस्टले सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका हुन्।
पहिलो हाफमा लाओसले खेलमा अग्रता बनाएको थियो। खेलको ३३औँ मिनेटमा लाओसले अग्रता बनायो। नेपालको डिफेन्सलाई चिर्दै बम्पचाङ बउन्कोनले गोल गरे।
दोस्रो हाफमा अञ्जन बिस्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले खेलको ४७ औँ मिनेटमा गोल गरेका थिए।
बिस्टले नेपालका लागि १३औँ गोल गरेका छन्। उनले नेपाली सिनियर राष्ट्रिय टोलीबाट चाइनिज ताइपेइविरुद्ध ३ गोल गर्दा बंगलादेशविरुद्ध ४, तथा इराक, भारत, श्रीलंका, कुवेत र पाकिस्तानविरुद्ध समान १ गोल गरेका हुन्।
नेपालका लागि हरि खड्का र निराजन रायमाझीले पनि समान १३ गोल गरेका छन्। बिस्टले डेड दशकदेखि टिकीरहेको खड्का र रायमाझीको कीर्तिमान बराबरी गरेका हुन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |