← समाचारमा फर्कनुस्
Football Jun 24, 2024 · Swadesh

अमेरिकाको विजयी सुरुआत

अमेरिकाको विजयी सुरुआत

काठमाडौं । कोपा अमेरिका २०२४ मा आयोजक अमेरिकाले विजयी सुरुआत गरेको छ। 

समूह सी को पहिलो खेलमा सोमबार बिहान अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो। 

टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे।

तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए।

४४औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो। 

सोही अग्रता अन्तिम समयसम्म कायम राख्दै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →