← समाचारमा फर्कनुस्
अमेरिकामाथि पानामाको जित

काठमाडौँ । पानामाले कोपा अमेरिका २०२४ मा विजयी हासिल गरेको छ।
समुह 'सी' मा रहेको पानामाले आयोजक अमेरिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरे। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले गरेको एक गोल सान्त्वना बन्यो।
पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो। यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए।
खेलको १८औँ मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए।
पानामाको यो जितपछि समुह 'सी' मा २ खेलबाट ३ अंक हासिल गरेरे तेस्रो स्थानमा रहेको छ। त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |