← समाचारमा फर्कनुस्
अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षक नियुक्त

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन्।
श्रीलंका फुटबल संघले मंगलबार सामाजिक सञ्जालमाफर्त एसिया कप प्लेअफको लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो।
श्रीलंकाले सेप्टेम्बर ५ र १० मा कम्बोडियाविरुद्ध खेल्दैछ। त्यसका लागि तत्काल प्रशिक्षण सुरु गर्नेछन्। अल्मुताइरी श्रीलंका पुगिसकेका छन्।
यसअघि अल्मुताइरी सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका थिए। उनकै प्रशिक्षणमा नेपालले इतिहासमै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनल खेलेको थियो। तर, भारतसँग पराजित भयो ।
नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि भएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |