← समाचारमा फर्कनुस्
Football Aug 16, 2024 · Swadesh

साफ यू-२० च्याम्पियनसिपका समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने

साफ यू-२० च्याम्पियनसिपका समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने

काठमाडौं । आगामी आइतबारबाट सुरु हुने साफ यू–२० च्याम्पियनसिपका समूहचरणका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ।

यसअघि यो प्रतियोगिता दशरथ रंगशालामा हुने तय थियो। तर, मैदान हिलाम्मे भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको दुई दिनअघि भेन्यु परिवर्तन भएको जानकारी दिएको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान निरीक्षण गरेका थिए।

माल्दिभ्सका गफरलाई साफले बिहीबार राति मैदान निरीक्षण गर्न नेपाल पठाएको हो। उनले मैदानको गुणस्तर राम्रो नभएको र समूहचरणका खेल दशरथ रंगशालामा खेलाउन नमिल्ने रिपोर्ट साफलाई दिएका थिए।

साफले उक्त रिपोर्ट अध्ययन गरेर समूहचरणका खेल एन्फा कम्प्लेक्समा सार्न अनुमति दिएको हो। अब खेल एन्फा कम्प्लेक्सको टर्फमा हुनेछ।

नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →