TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 17, 2026 · Swadesh

एलिकको गोलमा मच्छिन्द्रको जित

एलिकको गोलमा मच्छिन्द्रको जित

काठमाडौं। एलिक श्रेष्ठको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)लाई १-० ले पराजित गरेको हो। यो संघर्षपूर्ण जितसहित मच्छिन्द्रले तीन अंक जोडेको छ।


दुवै टोलीले पहिलो हाफमा केही मौका सिर्जना गरेका थिए। तर, गोलमा परिणत भने गर्न सकेन।


खेलको ६३औं मिनेटमा मच्छिन्द्रले सुरुआती अग्रता लियो। करिब ३५ भन्दा बढी यार्डबाट एलिकले सिधै प्रहार गरेको बलले जाली चुम्यो। त्यसपछि कुनै गोल नहुँदा मच्छिन्द्रले तीन अंक हात पार्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →