TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 23, 2026 · Swadesh

अल्जेरियाको जितसँगै जोर्डन घर फर्किने

अल्जेरियाको जितसँगै जोर्डन घर फर्किने

अल्जेरियाले मंगलबार विश्वकप २०२६ मा जोर्डनलाई रोमाञ्चक खेलमा २–१ ले हराएको छ र यो एक गोलले पछाडि रहेको स्थितिबाट सम्भव भएको हो । यो जितले अल्जेरियाको तीन अंक भएको छ । उसको नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रह्यो ।

हारले भने विश्वकपमा डेब्यु गरिरहेको जोर्डनको प्रतियोगितामा चुनौती समाप्त भएको छ र अब लिग चरणको अन्तिम खेलपछि घर फर्किनेछ । अल्जेरिया तीन अंकमा तेस्रो स्थानमा रह्यो । जोर्डनको शून्य अंक छ । अर्जेन्टिना छ अंकमा समूहको शीर्षमा छ भने उसको पछाडि अस्ट्रिया तीन अंकमा छ ।

अब लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डन तथा अस्ट्रियाको अल्जेरियाविरुद्ध खेल्नेछ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना यसअघि नै नकआउट चरण पुगिसकेको छ । सनफ्रान्सिस्को बे एरिया स्टेडियममा जोर्डनले ३६ औं मिनेटमा निजार अल रसदानको गोलले अग्रता लिएको थियो ।

खेलको ६९ औं मिनेटमा अल्जेरियाले बराबरी गोल फर्कायो र यसका लागि अहमद नादिरले हेडबाट गोल गरे । अमिन गोएरीले खेलको ८२ औं मिनेटमा नजिकको दूरीबाट गोल गरे र यससँगै अल्जेरियाको पुर्नआगमन पूरा भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Colombia 1 3
2 Congo DR 1 1
2 Portugal 1 1
4 Uzbekistan 1 0
सबै समूह →