अल्बानियासँग रोकियो क्रोएिसया

काठमाडौं । क्रोएसियाले जर्मनीमा जारी युरोकप २०२४ मा अल्बानियासँग अंक बाँडेको छ।
भस्पार्क स्टेडियममा बुधबार सम्पन्न खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
यो बराबरीको नतिजासँगै जारी युरोकपमा दुबै टोलीले पहिलो अंक हासिल गरेका छन्। पहिलो खेलमा स्पेनसँग ३–० ले पराजित भएको क्रोएसियाले दुई खेलबाट एक अंक जोडेको छ।
यता, पहिलो खेलमा इटालिसँग २–१ गोलले पराजित भएको अल्बानियाले पहिलो अंक हासिल गरेको हो।
खेलको ११औँ मिनेटमा अल्बानियाका लागि काजिम लाचीाको गोलमा सुरुआती अग्रता बनाएको थियो। पहिलो हाफमा एक शून्य गोलले पछि परेको क्रोएसियाको लागि ७४औँ मिनेटमा एन्ड्रेज क्रमारिकले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए।
त्यसको दुई मिनेटपछि क्रोएसियनले २–१ को अग्रता बनाएको थियो। ७६औँ मिनेटमा क्लाउस गजासुलाले आत्मघाती गोल गरेपछि क्रोएसियाले अग्रता बनाएको हो।
त्यसपछि अतिरिक्त समयको पाँचौँ मिनेटमा क्लाउस गजासुलाले नै गोल गर्दै अल्बानियालाई जित दिलाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |