← समाचारमा फर्कनुस्
Football Aug 28, 2024 · Swadesh

अल नासरको पहिलो जित

अल नासरको पहिलो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत दोस्रो साताको खेलमा अल नासरले पहिलो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा घरेलु टोली फेइहामाथि अल नासरले ४–१ गोलको सहज जित हासिल गरेको हो। 

अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए। यस खेलमा रोनाल्डोले फ्री–किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए। त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए।

जितसँगै जारी लिगमा दुई खेलबाट अल नासले चार अंक जोडेको छ। 

खेलको पाँचौँ मिनेटमा कप्तान रोनाल्डोको पासमा तास्किलाले गोल गर्दै खेलमा सुरुआती अग्रता दिलाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →