← समाचारमा फर्कनुस्
अफगानिस्तानसँग इंग्ल्यान्ड पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्लयान्डलाई पराजित गरेको छ।
अफगानिस्तानले इंग्लयान्डलाई ६९ रनले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८४ रनको योगफल बनायो।
२८५ रनको विजय लक्ष्य पछ्याएको इंग्लयान्डको पारी २१५ रनमा समेटियो।
इंग्लयान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०/१० रन बनाए।
बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन/तीन तथा मोहम्मद नवीले दुई विकेट लिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |