← समाचारमा फर्कनुस्
Cricket Jun 04, 2024 · Swadesh

टी२० विश्वकपमा अफगानिस्तानको विजयी शुरूआत

टी२० विश्वकपमा अफगानिस्तानको विजयी शुरूआत

काठमाडौं । आइसिसी टी२० विश्वकप अफगानिस्तानले विजयी शुरूआत गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा युगान्डा टेस्ट राष्ट्र अफगानिस्तानसँग १२५ रनले पराजित भएको हो। 

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो।

युगान्डाका लागि रोविन्सन ओबाईले १४ तथा रिजात अलिले ११ रन बनाए। युगान्डाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

अफगानिस्तानका लागि फैजलहक फारुकीले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए। नभिन उल हक र राशिद खानले समान दुई दुई तथा मुजिब उर रहमानले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →