← समाचारमा फर्कनुस्
Cricket Nov 08, 2023 · Nepalsports

अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ– ग्लेन म्याक्सवेलको दोहोरो शतकमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। 

हारको संघारमा रहेको अस्ट्रेलियाका लागि घाइते अवस्थामा रहेका म्याक्सवेलले २०१ रनको अविजित सनसनीपूर्ण इनिङ्स खेले।

उनले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे। 

जितका लागि २९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २९३ रन बनायो।

 म्याक्सवेल र प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो। 

त्यसअघि मुम्बईमा इब्राहिम जद्रान शतकको मद्दतले अफगानिस्तानले पाँच विकेट गुमाउँदै २९१ रन बनाएको थियो। 

जद्रानले १४३ बलमा आठ चौका र तीन छक्काको मद्दतमा अविजित १२९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। रासिद खानले १८ बलमा अविजित ३५ रन बनाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →