TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 17, 2025 · Swadesh

अफगानिस्तानसँग पनि नेपाल पराजित

अफगानिस्तानसँग पनि नेपाल पराजित

काठमाडौं। नेपाल एसीसी यु–१९ एसिया कपको अन्तिम खेलमा पनि पराजित भएको छ।


नेपाल बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।


योसँगै नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने जितविहीन रह्यो। नेपाल यसअघि नै श्रीलंकासँग ८ र बंगलादेशसँग ७ विकेटले पराजित भइसकेको थियो। 


अफगानिस्तानले भने समूह ‘बी’ मा २ अंक जोड्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। यस समूहबाट समान ४ अंक जोडेका श्रीलंका र बंगलादेशले यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।


अफगानिस्तानलाई जित दिलाउन नियाजाईले सर्वाधिक ६१ रन बनाए। ५९ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।


उस्मान सादत २८ र फैसल सिनोजादा १३ रनको योगदान दिँदा महबुब खान र अजिजुल्लाह मियाखिल समान ११ रनमा अविजित रहे।


नेपालका अभिषेक तिवारी र अशोक धामीले समान १ विकेट लिए। त्यसअघि दुबईको द सेभेन्स् स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४६।४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो।


नेपालका दिलसद अलीले सर्वाधिक ३२ रन बनाए। चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रनको योगदान दिए।


अफगानिस्तानका जैतुल्लाह शाहीनले सर्वाधिक ३ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →