← समाचारमा फर्कनुस्
Cricket Mar 27, 2023 · Nepalsports

पाकिस्तानविरुद्धको सिरिज अफगानिस्तानलाई

पाकिस्तानविरुद्धको सिरिज अफगानिस्तानलाई

काठमाडौ- अफगानिस्तानले पाकिस्तानविरूद्धको तीन खेलको सिरिज एक खेल अगावै जितेको छ।

अफगानिस्तानले आइतबार दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै सिरिज २-० ले जितेको हो।

शारजहामा भएको दोस्रो खेलमा  पाकिस्तानले दिएको १३१ रनको मध्यम लक्ष्य अफगानिस्तानले १९.५ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाउदी इब्राहिम जद्रानले ३८ रन बनाए। त्यस्तै नाजिबउल्लाह जद्रानले २३ रन तथा मोमम्मद नाबीले १४ रन बनाए। पाकिस्तानका लागि जमान खान र इहसानुल्लाहले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा  १३० रन बनाएको थियो।

उसका लागि इमाद वासिमले सर्वाधिक ६४ रन बनाउदा सादव खानले ३२ रन  बनाए।

अफागानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उलहक, रासिद खान र करम जननतले समान १-१ विकेट लिए।

पाकिस्तानविरुद्ध कुनै पनि खेलमा अफगानिस्तानले अहिले सम्म जित निकाल्न सकेको थिएन्। पाकिस्तानविरुद्ध अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →