टी२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाण्डौं। आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा सुपर ‘एट’ को समूह १ को खेलमा अफगानिस्तानले बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
समूह १ बाट भारत ६ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुग्यो। भारतले अफगानिस्तालाई ४७, बंगलादेशलाई ५० र अस्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो।
सेमिफाइनलमा भारतले साबिक विजेता इङ्ल्यान्डसँग खेल्ने छ। इङ्ल्यान्ड समूह २ को उपविजेता बन्यो। पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इङ्ल्यान्ड दोस्रो खेलमा दक्षिण अफ्रिकासँग सात रनले पराजित भयो। अन्तिम खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइन यात्रा तय गर्यो। इङ्ल्यान्डले तीन खेलबाट चार अंक जोड्यो।
दक्षिण अफ्रिका समूह २ को विजेता बन्यो। दक्षिण अफ्रिकाले अमेरिकालाई १८ र इङ्ल्यान्डलाई सात रनले पराजित गरेको थियो।
अन्तिम खेलमा दक्षिण अफ्रिका डिएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। दक्षिण अफ्रिकाले फाइनल प्रवेशका लागि अफगानिस्तानको सामना गर्ने छ।
अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।
दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गरेको थियो। सेमिफाइनलका खेल बिहीबार हुनेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |