← समाचारमा फर्कनुस्
Football Aug 07, 2024 · Swadesh

एसी मिलानसँग बार्सिलोनाको हार

एसी मिलानसँग बार्सिलोनाको हार

काठमाडौं । प्रि–सिजनको क्लब मैत्रिपुर्ण खेलमा बार्सिलोना इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएको छ।

बुधबार बिहान सम्पन्न खेलमा मिलानले ला लिगा क्लब बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको हो। 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। 

 पेनाल्टीमा बार्सिलोनको तीन खेलाडीले गोल गर्दा मिलानकाल लागि चार खेलाडीले गोल गर्न सफल भए। 

त्यसअघि खेलको १०औँ मिनेटमा लुका जोभिस र १५औँ मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए। तर, बार्सिलोनाको लागि २२औँ र ५८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–२ को बराबरी अबस्थामा ल्याए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →