आसामविरुद्धको टी-२० सिरिज नेपाल 'ए' ले जित्यो

काठमाडौँ । नेपाल 'ए' क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ।
सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल 'ए' ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो।
नेपालले दिएको २०९ रनको लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९, साहिल जैन र कप्तान सुमित घडिअन्करले समान २५ तथा सौरभ दिहिगाले १७ रन बनाए।
नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान तथा बसिर अहमदले एक विकेट लिए।
यसअघि नेपाल 'ए'ले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। नेपाल 'ए' का लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए।
त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |