TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 04, 2026 · Swadesh

आरिफ र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी

आरिफ र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी

काठमाडाैं। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङ्स तथा चौथो विकेटका लागि भएको शतकीय साझेदारीको मद्दतमा नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा युएईमाथि सानदार जित निकालेको छ।


मंगलबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो।


१४६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्कासहित ५० रनको योगदान दिए।


यी दुईले चौथो विकेटका लागि १०३ रनको अविजित साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए।


यसअघि कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट हुँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८–८ रन जोडे। युएईका मुहम्मद रोहिदले एक विकेट लिए।


त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। युएईका सोहेब खान अविजित ३८ रनसहित सर्वाधिक स्कोरर रहे।


हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैबले १९ तथा अलिशान सराफुले १२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →