← समाचारमा फर्कनुस्
चर्चब्वाइजलाई पराजित गर्दै आर्मी फाइनलमा

जारी आहारारा गोल्डकपमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी क्लबले चर्चब्वाइज युनाईटेड क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ ।
चर्चब्वाइजविरुद्ध आर्मीका दिनेश हेन्जनसे गोल गरेका थिए। आर्मीले करिब ३० यार्ड टाढा फ्रिकिक पाएको थियो जसलाई दिनेश हेन्जनले उत्कृष्ट गोलमा परिणत गरे ।
चर्च ब्वाइजका समिर तामाङले खेल सकिन पाँच मिनेट बाकी रहदा बराबरी गोल फर्काए । उनले धिरज थजालीको थ्रु-बलमा उत्कृष्ट गोल गरेको थियो।
आर्मीले खेलको १०० औं मिनेटमा पुनः अग्रता लिएको थियो। रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा हेड गोल गर्दै आर्मीलाई २-१ को अग्राता दिलाए । त्यसपछि कुनै पनि गोल नहुदा खेल आर्मीले २-१ को जितेको थियो।
अब आर्मीले उपाधीको लागि थ्रीस्टारसंग शनिबार सामना गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |