यु-१८ युथ लिग : एपिएफ विजयी

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विभागिय टोली एपिएफ क्लबले पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार सम्पन्न खेलमा एपिएफले सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो।
एपीएफको जितमा विकास टिटुङ र किशोर गुरुङले गोल गरे। यता सातदोबाटोका लागि योहान्ना लिम्बुले एक सान्त्वना गोल गरे।
जितसँगै एपीएफले तीन अंक जोडेको छ। पहिलो खेलमा जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको एपीएफले दुई खेलबाट चार अंक जोडेको छ।
यता, सातदोबाटोले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ। सातदोबाटो पहिलो खेलमा एफसी खुमलटारसँग २-१ गोलले पराजित भएको थियो।
खेलको १३औँ मिनेटमा विकासले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६७औँ मिनेटमा एपीएफका लागि किशोरले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए। अतिरिक्त समयको दोस्रो मिनेटमा सातदोबाटोका लागि योहान्नाले गोल गरे।
त्यसपछि बाँकी समय थप गोल नभएपछि एपीएफ २–१ गोलले विजयी भयो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |