← समाचारमा फर्कनुस्
Football Jul 21, 2024 · Swadesh

एपीएफको लगातार दोस्रो जित हात

एपीएफको लगातार दोस्रो जित हात

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले एन्फा यु १८ युथ लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एपीएफले एफसी खुमलटारलाई ४-० गोलअन्तरले पराजित गरेको हो। 

एपीएफलाई जित दिलाउन सुनिल थिङले दुई गोल गरे। यस्तै, रोहित गोले र साजन योञ्जनले समान एक गोल गरे। जितसँगै एपीएफ तीन खेलबाट सात अंक जोडेको छ। पराजित खुमलटारको समान खेलबाट तीन अंक छ। 

खेलको १२औं मिनेटमा सुरजप्रसाद साहले रातो कार्ड पाएपछि खुमलटार १० खेलाडीमा समेटिएको थियो। ४८औं मिनेटमा एपिएफले सुरुआती अग्रता लिएको थियो। एपिएफका लागि रोहितले गोल गरे। त्यसको ६ मिनेटपछि नै सुनिलले अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा साजनले एपिएफका लागि चौथो गोल गर्दै जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →