← समाचारमा फर्कनुस्
Football Jun 14, 2024 · Swadesh

एपिएफले एएफसी च्याम्पियन्स लिग खेल्ने

एपिएफले एएफसी च्याम्पियन्स लिग खेल्ने

काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ।

एसियन फुटबल महासंघ (एएफसी)का अनुसार लिगको प्रारम्भिक छनोट अगस्ट २५ देखि ३१ सम्म हुनेछ। समूह चरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ। यस्तै, फाइनल खेल २०२५ मेमा हुने तालिका छ।

उक्त प्रतियोगिता एपिएफसहित २२ टोलीले खेल्ने छन्।

फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्र सीधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ। जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन्। समूह चरणको खेल चीन र भियतनाममा हुनेछ।

समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा घोषणा हुने एएफसीले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →