← समाचारमा फर्कनुस्
Football Jul 18, 2024 · Swadesh

एपिएफले उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफएसँग खेल्ने

एपिएफले उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफएसँग खेल्ने

एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको ‘ड्र’ सार्वजनिक भएको छ। बिहीबार एएफसी हाउसमा भएको ड्रमा एपिएफ संगै उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए समूह सी मा परेको हो।


एपीएफले उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफएसँग मलेसियामा खेल्ने छ। 


प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ। प्रारम्भिक चरणबाट हरेका समूहका शीर्ष टोलीले समूह चरणका लिगा स्थान सुरक्षित गर्नेछ।



प्रतियोगिताका लागि एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ।


राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई क्लबले मुख्य प्रशिक्षक बनाएको छ। यसैगरी गोलकिपर प्रशिक्षक विनोद डंगोल पनि अनुबन्ध भएका छन्।

एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →