← समाचारमा फर्कनुस्
Football Aug 23, 2024 · Swadesh

वुमेन्स च्याम्पियन्स लिग खेल्न एपिएफ मलेसिया प्रस्थान

वुमेन्स च्याम्पियन्स लिग खेल्न एपिएफ मलेसिया प्रस्थान

एएफसि वुमेन्स च्याम्पियन्स लिगका लागि नेपाल एपिएफ क्लब टोली विहीबार राती मलेसिया प्रस्थान गरेको छ ।


पहिलो पटक आयोजना गर्न लागेको एएफसि वुमेन्स च्याम्पियन्स लिगमा सहभागीता जनाउदै एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली पनि बनेको छ ।


एपिएफ महिला लिग च्याम्पियनको हैसियतमा यस प्रतियोगिताका लागि छनोट भएको हो ।


फिफा महिला विश्व वरियतामा (मार्च १५, २०२४ सम्म) अनुसार शीर्ष आठका क्लबहरू सिधै समूह चरणमा छनोट हुनेछन्, बाँकी १४ क्लबहरूले प्रारम्भिक चरण खेल्नु पर्नेछ। १४ टोलीलाई चार समूहहरू समावेश गरेका छन् जस मध्य दुई टोलीको दुईवटा समूह र तीन टोलीको दुईवटा समूह रहेको छ। प्रारम्भिक चरणको खेल यहि अगस्त २५ र ३१ खेलिनेछ। चार समूह विजेता समूह चरणको लागि छनोट हनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →