यु–१८ युथ लिग : एपीएफको विजयी

काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विभागीय टोली एपीएफ क्लबले विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा एपीएफले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ।
एपीएफको जितमा अमन मोक्ता र पवन पाख्रिनले गोल गरे। यता चर्चका लागि शिशिर यस्मालीले गरेको गोल सान्त्वना बन्यो।
खेलको २१औँ मिनेटमा अमनले गोल गर्दै खेलमा एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ६९औँ मिनेटमा शिशिरले गोल गर्दै चर्चलाई खेलमा १–१ बराबरी अबस्थामा ल्याए।
९०औं मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपीएफलाई जित दिलाए। इन्जुरी समयमा सुजन बस्नेतले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो।
जितसँगै एपीएफले जारी लिगमा आठ खेलबाट तेस्रो जितसँगै १० अंक जोडेको छ। यता, पराजित चर्चको समान खेलबाट १३ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |