← समाचारमा फर्कनुस्
Football Sep 04, 2024 · Swadesh

एपिएफ र आर्मीको खेल एन्फा कम्प्लेक्समै हुने

एपिएफ र आर्मीको खेल एन्फा कम्प्लेक्समै हुने

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत भदौ २२ गते हुने विभागीय डर्बी एपिएफ क्लब र त्रिभुवन आर्मीबीचको खेल एन्फा कम्प्लेक्समै हुने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि यो खेल दशरथ रंगशाला हुने जनाएको थियो। तर, बुधबार उक्त खेल पनि एन्फमै हुने जानकारी दिएको हो। दशरथ रंगशालामा मर्मतसम्भारको कार्य भइरहेकोले सो खेल पनि सातदोबाटो नै सार्न परेको एन्फाको भनाइ छ।

उक्त खेल २२ गते शनिबार दिउँसो एक बजेबाट सुरु हुनेछ। जारी लिग गत भदौ १६ गतेबाट सुरु भएको हो। जसमा बुधबारसम्म पाँच खेल सकिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →