← समाचारमा फर्कनुस्
Cricket Jul 16, 2025 · Swadesh

एसपीए र सुदूरपश्चिमबीच ३ वर्षको लागि सम्झौता

एसपीए र सुदूरपश्चिमबीच ३ वर्षको लागि सम्झौता

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ। 

एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं ।

धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनुभएका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भन्नुभयो, 'हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ।'

हालै, एसपीए कलेजले नेपाल यु–१६ टोलीको तर्फबाट मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान दिने सुदूरपश्चिमका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही रु २५,००० पुरस्कार स्वरूप प्रदान गरेको छ। सुशील रावल सिजन १ मा गरिएको ट्यालेन्ट हन्टमार्फत छनोट भएका सुदूरपश्चिम रोयल्स हिरोज टिमको सदस्य थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले  भन्नुभयो, 'सुदूरपश्चिम रोयल्स परिवार सुभाष शाहीप्रति अत्यन्त आभारी छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उनको दृष्टिकोणले हालसालै नयाँ गति पाएको छ, र हामी एक फ्रेन्चाइजका रूपमा त्यसलाई समर्थन गर्न पाउँदा गर्व महसुस गर्छौं। विगत वर्षहरूमा क्रिकेटप्रति उनको उत्साह र हाम्रो टिमप्रतिको समर्थनले सुदूरपश्चिम क्रिकेटलाई एक ब्रान्डका रूपमा स्थापित गर्न मद्दत गरेको छ।'

खड्काले आगामी वर्षहरूमा पनि यस साझेदारीलाई निरन्तरता दिन उत्सुक रहेको बताउँदै शाहीको नेतृत्वमा आयोजना हुने फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको सहभागिता रहन सक्ने कुरा पनि जानकारी गराउनुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →