← समाचारमा फर्कनुस्
Football Sep 09, 2024 · Swadesh

एफिएफको लगातार दोस्रो जित

एफिएफको लगातार दोस्रो जित

काठमाडौं । साबिक विजेता एफिएफले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको हो। योसँगै तीन खेलबाट सात अंक जोडेको एपिएफ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चन्द्रपुरको भने यो लगातार दोस्रो हार हो। 

रेनुकाको दुई र सविता रानामगरको एक गोलमा एपिएफले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। त्यसपछि रश्मीकुमारी घिसिङ, प्रीति राई र गीता रानाले तीन गोल थप्दै एपिएफलाई फराकिलो जित दिलाएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →