TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 09, 2026 · Swadesh

एन्फा महिला च्याम्पियनसिपको विजेतालाई ७ लाख ५० हजार रुपैयाँ पुरस्कार

एन्फा महिला च्याम्पियनसिपको विजेतालाई ७ लाख ५० हजार रुपैयाँ पुरस्कार

काठमाडौं। एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ।


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने सेमिफाइनल चरणमा पराजित दुई टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ।


त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार दिइनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता प्रत्येकलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ।


प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टोलीको सहभागिता रहनेछ।


दर्शकका लागि टिकट दर क्वार्टरफाइनलसम्म १०० रुपैयाँ र सेमिफाइनल चरणका लागि २०० रुपैयाँ तोकिएको छ। प्रतियोगिताको अनुमानित कुल बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको एन्फाले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →