← समाचारमा फर्कनुस्
Football Aug 30, 2024 · Swadesh

सरकारसँग नयाँ रंगशाला निर्माणका लागि जग्गा माग्ने एन्फाको निर्णय

सरकारसँग नयाँ रंगशाला निर्माणका लागि जग्गा माग्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा ११ र १३ गते बसेको बैठकले करिव २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको हो। 

यसैगरी नयाँ रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र उक्त रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसंग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ। यसैगरी साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीज्यू र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ। दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →