← समाचारमा फर्कनुस्
Football Jan 12, 2026 · Swadesh

एन्फालाई निर्वाचनका प्रक्रिया रोक्न आदेश

एन्फालाई निर्वाचनका प्रक्रिया रोक्न आदेश

काठमाडौ– पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ मा हुने भनिएको निर्वाचनको फ्रक्रिया रोक्न सोमबार अन्तरिम आदेश दिएको छ ।


गोर्खाका अमित खत्रीले हालेको मुद्धामा सुनुवाइ गर्ने त्रममा अदालतले एन्फाको नाममा निर्वाचनका सबै प्रक्रिया रोक्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ ६ छलफलका लागि बोलाएको पनि छ ।



यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई जिल्ला र प्रदेशको चुनाव नगरेर केन्द्रको चुनाव नगर्न आदेश जारी गरेको थियो । तर एन्फाले त्यसलाई वेवास्ता गर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाएको थयिो ।


एन्फाको कार्यसमितिले ‘अर्लि इलेक्सन’ को निर्णय गरेको थियो र त्यस अनुसार जिल्ला फुटबल संघमा नया चुनाव नगरेर पुरानोलाई नै मताधिकार दिने पनि निर्णय समेत गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →