← समाचारमा फर्कनुस्
एएफसी च्यालेन्ज लिग समूह चरणको ड्र सार्वजनिक, पारो समूह 'ए' मा

काठमाडौँ । एएफसी च्यालेन्ज लिग समूह चरणको ड्र सार्वजनिक भएको छ।
एएफसीले बिहिवार मलेसियमा ड्र सार्वजनिक गरेकाे हाे।
उक्त ड्र अनुसार भुटानको लिग च्याम्पियन पारो एफसी समूह 'ए' मा परेको छ। पारोसँग भारतको वेस्ट बेङ्गाल एफसी, नेजमेह एससी (लेबनान) र बसुन्धरा किंग्स बंगलादेश पनि सोहि समूहमा रहेको छ।
समूह चरणको खेल पारो एफसीले आयोजना गर्नेछ।यस्तै, समूह चरणका खेलहरु अक्टोभर २६ देखि नोभेम्बर २ सम्म आयोजना हुनेछ।
पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटे २–१ गोलले हराउँदै समूह चरणमा प्रवेश गरेको थियो।
समूह चरणको ड्र

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |