साफ महिला यू–१९ का लागि ३५ खेलाडी छनोट

यू–१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छनोट भएका छन् ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आगामी फेब्रुअरी २ देखि ८ सम्म ढाकामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
जिल्ला, प्रदेश र केन्द्र गरी तीन रतहको छनोटपछि खेलाडी छनोट गरिएको हो ।
प्राथमिक टोली
गोलकिपरः लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, राधिका ओली
डिफेन्डरः दिव्या यस्माली मगर, सीता रोकाया, अमिता भुल, रेणु लिम्बु, गंगा रोकाया, सानुमाया वाइबा, प्रसन्ना भुजेल, रोजिता विष्ट, सिमरन राई, सरिता कुमारी नाथ, माया मास्के, दीपा मगर, रुपा लिम्बु
मिडफिल्डरः भुकुमारी खड्का, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, सविता मण्डल, काजल स्याङ्तान, भावना परियार, सारा बज्राचार्य, पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, समीक्षा मगर, सजिना स्याङ्तान, लिला चन्द ठकुरी, सुक्रिया मिया, वर्षा ओली, साधना थापा, पूर्णिमा राई, मिना देउवा
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |