वेष्ट इण्डिजद्वारा नेपाललाई ३४० रनको विशाल लक्ष्य

काठमाडौँ । कप्तान शाइ होप र निकोलस पुरनको शानदार शतकमा टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।
वेस्टइण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएपछि नेपालले ३४० रनको लक्ष्य पाएको हो ।
कुनै समय नेपालविरुद्ध खराब शुरुवात गरेको वेस्टइन्डिजलाई कप्तान साइ होप र निकोलस पुरनले २१६ रनको साझेदारी गर्दै सम्हालेका थिए ।
वेस्टइण्डिजका कप्तान शाइ होपले १३२ रन बनाए । उनले १०७ बलमा १०१ रन पूरा गरेका हुन् यो सँगै होपले एकदिवसीय इतिहासमा १५औं शतक प्रहार गरेका छन् । उनि ४९.२ बलमा ललितमा अउट भए ।
त्यस्तै अर्का ब्याट्सम्यान पुरन ९४ बलमा ११५ रन बनाएर आउट भए । उनले त्यसअघि ८१ बलमा शतक पुरा गरेका थिए । एकदिवसीय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो । रोभम्यान पावेलले २९ रन र जेसन होल्डर १६ रनमा अविजित रहे ।
यसअघि ब्रान्डन किंग ३२, काइल मायर्स १ र जोहन्सन चार्लेज शुन्यमा आउट भएका थिए ।
नेपालका लागि ललित नारायण राजवंशी ३ विकेट, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
दिपेन्द्रले आफ्नो सातौं ओभरको अन्तिम बलमा पुरनलाई आफ्नै हाटबाट क्याच आउट गराउँदै होप र पुरनबीचको २१६ रनको साझेदारीलाई ब्रेक गराएका थिए ।
यस्तै सन्दीपले १० ओभर बलिङ गर्दै ५० रन खर्चिएर एक विकेट लिए भने एक मेडन ओभर राखे । करण केसीले १० ओभरमा एक विकेट लिँदै ८१ रन खर्चिए एक एक मेडन ओभर राखे ।
ललित नारायण राजवंशीले १० ओभर बलिङ गर्दै ५२ रन दिएर
३ विकेट लिए ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |