← समाचारमा फर्कनुस्
Cricket Jun 20, 2023 · Shishir

अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौ- शायन जहानगिरको करिअरको पहिलो शतकप्रेरित अमेरिकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। 

जिम्बावेस्थित ताकशिन्गा स्पोर्ट्स क्लबमा टस जितेर नेपालले पहिला बलिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। 

अमेरिकाका शायन जहानगिरले अविजित रहँदै १०० रन बनाए। उनले ७९ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

उनी पाकिस्तानको उमेर समूहबाट खेलिसकेका खेलाडी हुन्। लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमार्फत उनले सन् २०२२ नोभेम्बर २० मा अमेरिकाको टोलीबाट डेब्यू गरेका थिए।

यस्तै, ओपनर सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनी २७.४ ओभरमा ललितबाट बोल्ड भएका थिए।

अमेरिकाले ६ रन बनाउँदा नै २ विकेट गुमाएको थियो। ओपनर स्टेभन टेलर ४ रनमा एलबीडब्ल्यू आउट भए। तेस्रो नम्बरमा साइतेज मुक्कामाला गोल्डेन डकआउट भए। उनी एज लागेर स्लिपमा क्याच आउट भए।

कप्तान आरोन जोन्स २२ बल खेलेर २ रन बनाउँदै गल्लिमा आउट भए। त्यसअघि उनले १८ बल खेलिरहँदा कुशल भुर्तेलबाट जीवनदान पाएका थिए। नोस्तुस केन्जिगे १ रनमा आउट साइड एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट आउट भए।

९.२ ओभरमा ४-१८ को स्थितिमा रहेको अमेरिकाको इनिङ्स गजानन्द सिंह र शायन जहानगिरले उकासे। उनीहरूले पाँचौँ विकेटका लागि ७३ बलमा ४७ रनको साझेदारी गरे।  गजानन्द २२औँ ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा आरिफबाट आउट भए। उनी व्यक्तिगत १७ रन बनाएर खेलिरहँदा आरिफबाट जीवनदान पाएका थिए। 

त्यसपछि सुशान्त र शायनले छैटौँ विकेटका लागि ३७ बलमा २९ रको साझेदारी गरे। यद्यपि, सुशान्त २८औँ ओभरको चौथो बलमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका निसर्ग पटेल ८ रनमा लेग साइडमा आउट भए। जसदीप सिंह १२ रनमा एक्स्ट्रा कभरमा आउट भए। उनी व्यक्तिगत ४ रन बनाएर खेलिरहँदा आरिफले क्याच ड्रप गरेका थिए।

सौरभ नेत्रभाल्कर ४ रनमा बोल्ड भए। कायल फिलिप डक आउट भए। नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिए। गुलशन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ र ललितनारायण राजवंशीको नाममा १ विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →