TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 01, 2026 · Swadesh

यी हुन्, सन् २०२६ का तीन ठूला प्रतियोगिता

यी हुन्, सन् २०२६ का तीन ठूला प्रतियोगिता

आजदेखि सन् २०२६ लागेको छ । नेपाल स्पोर्टसका तर्फबाट हाम्रा सबै पाठकलाई धेरै धेरै शुभकामना । यो वर्ष खेलकुदको दृष्टिकोणबाट असाध्यै धेरै रोमाञ्चक हुने निश्चित छ । किनभने यो वर्ष तीन ठूला प्रतियोगिता हुनेछन्, नेपाली खेल प्रेमीको दृष्टिकोणबाट । त्यसमध्ये पहिलो भयो, अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने फुटबलको विश्वकप । यो जुन ११ देखि जुलाइ १९ सम्म हुनेछ ।

 

जति बेला फुटबलको विश्वकप हुनेछ, सबैको ध्यान त्यसमै हुनेछ । सन् २०२६ मा ओलम्पिक पनि हुनेछ, तर त्यो शीतकालीन हुनेछ । इटालीमा फेब्रवरी ६ देखि २२ सम्म यो प्रतियोगिता हुनेछ । तर हाम्रोतिर शीतकालीन ओलम्पिकमा खासै धेरै रुचि भने हुने गर्दैन् । यही समयमा नेपालमा सबैको ध्यान खिच्ने प्रतियोगिता भने अर्को नै हुनेछ र त्यो हो, क्रिकेटको ट्वान्टी ट्वान्टी विश्वकप ।


भारत र श्रीलंकाले यसको आयोजना गर्दैछ, फेब्रवरी ७ देखि मार्च ८ सम्म । यसमा हाम्रो धेरै रुचि किन भन्दा नेपाल पनि यसमा आफ्नो चुनौती पेस गर्दैछ । नेपाल प्रतियोगिताको समूह सी मा छ र नेपालले यी टिमविरुद्ध खेल्नेछ, इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश । अनि इटाली पनि । जति जति बेला नेपाल मुम्बईको वानखडे स्टेडियममा खेल्नका लागि उत्रनेछ, सारा नेपालीको ध्यान त्यसमै मात्र हुनेछ, यसमा कुनै शंका छैन् ।


सन् २०२६ मै एउटा ठूलो एसियाली खेलकुदको महोत्सव पनि परेको छ, त्यो हो, एसियाली खेलकुद । जापानको आइची र नगोयाले सेप्टेम्बर १९ देखि अक्टोर ४ सम्म हुने प्रतियोगिताको आथित्य गर्दैछ । सबैलाई थाहा छ, एसियाली महादेशको यो नै सबैभन्दा वृहत खेल प्रतियोगिता हो र यो नै त्यस्तो एक मात्र ठूलो प्रतियोगिता हो, जसमा नेपालले पदक जित्ने आश गर्न सक्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →